सामोआसँगको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल



जनकपुरधाम, असोज ३१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटको अन्तिम खेलमा शुक्रबार समोआविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । सामोआले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

विश्वकपमा प्रवेश पाउने सुनिश्चित भइसकेको नेपाल जारी प्रतियोगिताको सूपर सिक्सको शीर्ष स्थानमा छ भने सामोआ भने पुछारमा छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सामोआसँग खेल्न लागेको यो पहिलोपटक हो ।

नेपाल जारी छनोट प्रतियोगितामा एकमात्र अपराजित टोली रहँदै विश्वकपमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

प्रकाशित मिति: २०८२ कार्तिक १, शुक्रवार १६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको