जनकपुरधाम, असोज ३१ । विश्वकप टि–२० एशिया प्यासिफिक क्वालीफायर अन्तर्गत नेपालले समोआ समक्ष २१२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङ गर्न निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २११ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि ओपन व्याट्सम्यान आसिफ शेख ७ वटा चौका र ४ वटा छक्काको मद्दतले सर्वाधिक ६९, दिपेन्द्र सिंह ऐरी दुई चौका र ४ छक्काको मद्दतले ५३ , लोकेश बलमे दुई चौका र ४ छक्काको मदत १२ बलमा अविजित ३९ , कप्तान रोहित पौडेलले १२ बलमा एक चौका र एक छक्काको मद्दतले अविजित २१ , कुशल भूर्तेलले दुई चौका र एक छक्काको मद्दतले १७ र आरिफ शेखले ९ रनको योगदान दिएका छन ।
समोआका लागि डेनियल बर्गेस , सुमानी ताइ, डेरियस भिर्सर र नोह मेडले एक एक विकेट लिएका छन ।




