समोआ समक्ष नेपालद्वारा २१२ रनको विशाल लक्ष्य



जनकपुरधाम, असोज ३१ । विश्वकप टि–२० एशिया प्यासिफिक क्वालीफायर अन्तर्गत नेपालले समोआ समक्ष २१२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङ गर्न निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २११ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि ओपन व्याट्सम्यान आसिफ शेख ७ वटा चौका र ४ वटा छक्काको मद्दतले सर्वाधिक ६९, दिपेन्द्र सिंह ऐरी दुई चौका र ४ छक्काको मद्दतले ५३ , लोकेश बलमे दुई चौका र ४ छक्काको मदत १२ बलमा अविजित ३९ , कप्तान रोहित पौडेलले १२ बलमा एक चौका र एक छक्काको मद्दतले अविजित २१ , कुशल भूर्तेलले दुई चौका र एक छक्काको मद्दतले १७ र आरिफ शेखले ९ रनको योगदान दिएका छन ।

समोआका लागि डेनियल बर्गेस , सुमानी ताइ, डेरियस भिर्सर र नोह मेडले एक एक विकेट लिएका छन ।

प्रकाशित मिति: २०८२ कार्तिक १, शुक्रवार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको