सुन तोलाको दुई लाख ५८ हजार   



काठमाडौँ, असोज ३१ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन तोलाको दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला रू तीन हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८२ कार्तिक १, शुक्रवार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको