संसद्‌ पुनर्स्थापना मागे घृणाको पात्र बनिन्छौं, चुनाव बहिष्कारले भिडन्त निम्त्याउँछ – एमाले नेता अरबिन्द



काठमाडौं, असोज ३१ । नेकपा एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले संसद्‌ पुनर्स्थापना मागका लागि आन्दोलनमा जाने हो भने पार्टी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्र बन्ने चेतावनी दिएका छन्।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, “दुई(दुई पटक हामीले संसद्‌ विघटन गरेका कारण पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा आम जनता हामीमाथि हाँस्ने मात्र होइन, घृणा पनि देखाउँछ।”

उनले चुनाव बहिष्कारलाई अर्को भिडन्त निम्त्याउने योजना बताए र कमजोरी सच्याएर चुनावमा जानुको विकल्प नभएको बताए।

अरबिन्दले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अनुभवलाई उदाहरण बनाएर पार्टी नेतृत्व र आफ्नै रणनीतिलाई वस्तुनिष्ठ विश्लेषण गर्नुपर्नेमा जोड दिए। उनले भ्रष्टाचार र आन्तरिक कमजोरीको समीक्षा नगरी सतही विश्लेषण गर्दा पार्टीले आजिवन उन्मुक्ति नपाउने चेतावनी पनि दिएका छन्।

नेता अरबिन्दले भने, “यथार्थलाई आत्मसात् गरेर जिम्मेवारी हस्तान्तरण गर्नु नै पार्टीको भविष्य बचाउने उपाय हो। युवा विद्यार्थी र आम जनताको स्वतस्फूर्त सडक संघर्षलाई प्रतिगमन भन्न मिल्दैन।”

साथै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरी पार्टी कार्यमा फर्काउने वातावरण बनाउनुपर्ने माग पनि राखेका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक १, शुक्रवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको