काठमाडौं, कात्तिक १ । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। उनले स्पष्ट पारे कि दल खोलेको उद्देश्य चुनावमा भाग लिनु मात्र होइन, आन्दोलनलाई व्यवस्थित र संस्थागत रूप दिने हो।
ढुंगानाले भने, “हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्छ कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।”
उनले जेनजी आन्दोलनका सबै समर्थकहरूलाई एक ठाउँमा आउन आह्वान गर्दै बताए कि पार्टी खोले पनि आफ्नो बटमलाइन पूरा नभएसम्म चुनावमा सहभागी नहुने निर्णयमा कायम छन्।
उनका अनुसार, पार्टी खोल्ने मुख्य उद्देश्य भनेको आन्दोलनलाई व्यवस्थित र संगठित रूपमा अघि बढाउनु हो, चुनावमा भाग लिनु होइन। उनले थपेस्
“प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो मुद्दालाई सुन्नुपर्छ। हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ।”
त्यसैगरी, ढुंगानाले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि नागरिक स्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि आफ्नो सर्त राखेका छन्।
यो कदमले जेनजी आन्दोलनलाई अब राजनीतिक रूप दिने दिशा संकेत गरेको छ, तर चुनावमा भाग लिनुअघि उनीहरूको मूल मागहरू पूरा हुनुपर्ने स्पष्ट छ।




