जेन-जी आन्दोलन पश्चात् पहिलोपटक च्यासलमा ओली



काठमाडौ, कात्तिक १ । जेन-जी आन्दोलन पश्चात् पहिलो पटक नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेका छन् । नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा विजया दशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वहरूको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन उनी च्यासल पुगेका हुन् ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि ओली पहिलोपटक एमालेको केन्द्रीय कार्यालय पुगेका हुन् । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालयलगायतका बैठकसमेत गुण्डुस्थित ओलीनिवासमै गरेको थियो ।

एमालेले ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक सकिएपछि आज चियापान कार्यक्रम राखेको हो ।

प्रकाशित मिति: २०८२ कार्तिक २, शनिवार १५:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको