काठमाडौँ, कात्तिक २ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशिला नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै चुनाव गराउन नसक्ने बताएका छन ।
‘देउवा, ओली, प्रचण्डलाई थुन्ने तयारी हुँदै छ,’ ओलीले भने, ‘सबै दलका नेतालाई थुनेपछि चुनाव चाहिँ कसको बीचमा गर्ने ?’
उनले जेन–जीका बीचमा ड्रमा गरेकै भरमा प्रधानमन्त्री छानेजस्तो चुनाव सम्भव नभएको तर्क गरे । उनले आफू डराएर घुँडा नटेक्ने र सत्य बोल्न नडराउने बताए ।
उनले संविधानले जान्दै नजानेको बाटोबाट प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाशीश सुशीला कार्कीले संविधानको धारा १ सय ३२ को १ र २ पढेकै होला भनेर व्यङ्ग्यसमेत गरे ।
उनले सुरक्षाकर्मीका हतियार लुटिएका र फरार रहेका केदीकै कारण असुरक्षा बढाएको समेत बताए । यस्तो बेला शान्तिपूर्ण वातावरण बनाउन सरकार तयार नभएको समेत बताए ।




