स्वागत नेपाललाई पक्राउ गर्ने साइबर ब्युरोको तयारी



काठमाडौँ, कात्तिक ४ । स्वागत नेपाललाई पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्युरोले पक्राउ गर्ने तयारी गरेको हो ।

सोमबार फोन गरेरै नेपाललाई आफैँ ब्युरोमा आउन प्रहरीले अनुरोध गरेको बताइएको छ ।

स्वागत नेपालका अनुसार भाइटीका लगाउनुस् न त भनेर प्रहरी अधिकारीले भनेका छन् । तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि रु भनेर प्रहरीले सोधेकोमा नेपालले भने, ुठीकै छ, दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु तर आउनुपर्छ भने आउँछु, मैले भनेँ । उहाँ (फोन गर्ने साइबर ब्युरोका अधिकारी) ले ठीकै छ तिहार मनाउनोस् न त भन्नुभयो ।ु

पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन् । १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०८२ कार्तिक ५, मंगलवार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको