काठमाडौं, कात्तिक ६ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रोश पोख्दै विस्फोटक प्रतिक्रिया दिएका छन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोखेका हुन्। उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै व्यंग्य पनि गरेका छन्।
उनले भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै भनेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्( यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ। अरुलाई एजेन्ट भन्छौ ? ’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगोलागी र तोडफोडमा कांग्रेस, एमालेका कार्यकर्ता नै सक्रिय भएको भन्दै उनले दोष बालबच्चालाई दिएको भन्दै आपत्ति जनाए। ‘आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउँछ। काङ्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल बच्चालाई दिन्छौरु,ु उनले भनेका छन्, ’ चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौरु लाज लाग्दैन ?’
कांग्रेस, एमालेका केही नेताहरूले बालेनले नै जेनजी आन्दोलनलाई पर्दापछाडि बसेर उचालेको आरोप सार्वजनिक मन्चहरूमा लगाउँदै आएका छन्। यसैलाई लिएर आज उनले त्यसको जवाफ दिएका हुन्।






