फ्रान्सको संग्रहालयबाट फिल्मी शैलीमा चोरी, १३०० करोड मूल्यका शाही आभूषण हराए



एजेन्सी, कात्तिक ७ । फ्रान्सको पेरिस स्थित विश्व प्रसिद्ध लूव्र संग्रहालयमा दिन–दहाडै फिल्मी शैलीमा चोरी भएको छ । संग्रहालयबाट फिल्मी शैलीमा भएको चोरीमा १९औँ शताब्दीका १०२ मिलियन डलर (करिब १३ सय करोड नेपाली रुपैयाँ) मूल्यका आठ अनमोल शाही आभूषण गायब भएको छ। यस घटनाले फ्रान्सलाई हल्लाई दिएको छ ।

चोरी भएका सामग्रीहरुमा पन्ना–हीरा माला, दुईवटा ताज, दुई ब्रोच, नीलम माला र झुम्का रहेका छन । यी शाही आभूषण फ्रान्सको शाही परिवारको गौरव र १८८७ मा शाही रत्नको नीलामीका समयमा सुरक्षित राखिएको सांस्कृतिक धरोहर हुन् ।

चोरी आइतवार बिहान ९ः३४ बजे अपोलो ग्यालरीमा भएको थियो। चार जना चोर दुई–दुईको समूहमा आए। दुई जनाले चेरी पिकर ट्रकबाट प्रवेश गरे भने दुई अन्य मोटरसाइकलबाट फरार भए। चोरीको शैलीले फ्रान्सको प्रसिद्ध टेलिसिरिज “ल्यूपिन“ सम्झाएको छ, जहाँ एक चोर शाही ताज चोरी गर्छ।

नेपोलियन तृतीयले एम्प्रेस यूजिनीलाई दिएको २००० हीरा र २०० मोतीयुक्त ताज , नेपोलियन बोनापार्टले मारी–लुईसलाई दिएको पन्ना र १००० हीराको माला रानी मारी–अमेलीको नीलम–हीराको हेडपीस चोरहरुले लगेका छन । चोरहरूले एक क्षतिग्रस्त ताज छोडेका छन्, जसमा १३५४ हीरा र ५६ पन्ना थिए।

विशेषज्ञहरूको अनुसार यी आभूषण टुक्र्याएर बेच्न सकिन्छ । जसले इतिहासमा स्थायी रूपमा हराउन सक्छ। डच कला विशेषज्ञ आर्थर ब्रान्डका अनुसार, यस्ता प्रसिद्ध रत्न बेचना सजिलो छैन किनभने जोखिमको कारण कुनै पनि खरीदार तयार हुँदैन।

यसअघि पनि लूव्रमा चोरीका घटना भएका छन्। २०२४ मा मोना लिसा माथि सूप फ्याँकिएको घटना र कर्मचारी हडतालले संग्रहालयलाई ठप्प पारेको थियो। सांसद म्याक्सिम मिशेलेले यसलाई “राष्ट्रको पतनको प्रतीक” बताए र सुरक्षा सुधारको माग गरेका छन ।

प्रकाशित मिति: २०८२ कार्तिक ७, शुक्रबार ०९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको