पाकिस्तानको बलूचिस्तानमा आतंककारी हमला , ३ सुरक्षाकर्मी सहित ११ आतंकवादी मारिए



एजेन्सी, कात्तिक ७ । पाकिस्तानको बलूचिस्तान प्रान्तमा पछिल्ला २४ घण्टाभित्र सुरक्षा बल र आतंकवादीबीच गोलीबारी र विस्फोटका घटनाहरूमा तीन सुरक्षाकर्मी र ११ आतंकवादी मारिएका छन्।

नोशकी जिल्लामा गस्तीमा रहेका दुई प्रहरीलाई अज्ञात हमलावरले गोली हानी हत्या गरेका छन्। घटना पछि हमलावर फरार भएका छन्। त्यसैगरी केच जिल्लामा बारूदी सुरुङ फट्दा एक सुरक्षा अधिकारीको मृत्यु भएको छ।

सुरक्षा बलहरूले चगाई र सिबी जिल्लामा खुफिया जानकारीको आधारमा अपरेशन चलाएका थिए। यसमा ११ संदिग्ध आतंकवादी मारिएका छन् । चगाईको दलबन्दिन क्षेत्रमा पहाडी इलाकामा सैनिकहरूले घेराबन्दी गर्दा आतंकवादीहरूले गोली चलाए।

सिबीमा एंटी–टेररिज्म डिपार्टमेन्टले एक कम्पाउन्डमा छापा मारेर पाँच आतंकवादी मारेका छन भने तीन पक्राउ परेका छन ।
दुबै स्थानबाट ठूलो मात्रामा हतियार बरामद भएको छ। अधिकारीहरूले जनाए अनुसार मारिएका आतंकवादीहरू पहिले पनि सुरक्षा बल, प्रहरी र लेवी जवानमाथि भएका हमलामा संलग्न थिए। शवहरूलाई पहिचानका लागि नजिकैका अस्पतालमा पठाइएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक ७, शुक्रबार ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको