भारतमा २८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण



काठमाडौं, कात्तिक १३। नेपाल विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने २८३ मेगावाट विद्युत अनुमति नवीकरण गराएको छ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरले नेपालका आठवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि दिइएको स्वीकृति बुधबार नवीकरण गरेको हो।

नवीकरण स्वीकृति अनुसार चार आयोजनाबाट उत्पादित विद्युत् भारतीय ऊर्जा एक्सचेञ्जको डे(अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्न पाइनेछ।
त्यस्तै, अन्य चार आयोजनाबाट उत्पादित विद्युत् हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार निर्यात गर्न अनुमति दिइएको छ।

द्विपक्षीय सम्झौताअनुसार हाल हरियाणालाई करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको छ।
यस अनुमति बिहीबार सकिँदै थियो, जसको नवीकरणपछि शुक्रबारदेखि पुनः निरन्तर निर्यात गर्न सकिने भएको छ।

नेपालले प्रत्येक वर्ष अक्टोबरदेखि हरियाणालाई विद्युत् बिक्री गर्दै आएको छ। यस वर्ष पनि नवीकरणपछि उक्त व्यापार लगातार एक वर्षका लागि वैध हुनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ भारतको नयाँदिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९क्ष्क्ब्० को आठौं सभामा सहभागी भएका थिए।
उक्त अवसरमा उनले भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेट गर्दै विद्युत् निर्यात स्वीकृति प्रक्रिया सरलीकृत गर्न आग्रह गरेका थिए।
उनका अनुसार, नेपालमा अहिले विद्युत् उत्पादनको उत्तम समय भएकाले प्रस्ताव तुरुन्त स्वीकृत गर्न भारतसँग अनुरोध गरिएको हो।

प्रकाशित मिति: २०८२ कार्तिक १४, बिहिवार १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको