जनकपुरधाम, कात्तिक १३ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन जोड्यो।
नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १३० बलमा १०९ रनको शतक प्रहार गरे।
उनको इनिङ्समा ८ चौका र ३ छक्का समावेश थियो। नेपालका लागी अन्य खेलाडीहरूमा आसिफ शेख ३५ रन, आरिफ शेख २७, र दीपेन्द्रसिंह ऐरी – २३ रन जोडे पनि अन्य खेलाडीहरू ठूला स्कोर बनाउन असफल रहे।
यूएईका बलरमध्ये जाहिद अलीले ४ विकेट लिँदै सर्वाधिक सफल रहे भने जुनैद सिद्दिकीले ३ विकेट हात पारे।
अब यूएईले जितका लागि २३४ रनको लक्ष्य पछ्याउनेछ।




