कम्युनिष्ट आन्दोलनमा नयाँ ध्रुविकरणको संकेत



जनकपुरधाम, कात्तिक १५ । एकीकरण र विभाजनको निरन्तर प्रक्रियाबाट गुज्रिदै आएको नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ ध्रुविकरणको संकेत देखिएको छ।

पछिल्लो समय निरन्तर सत्तामा रहेको कम्युनिष्ट पार्टीहरु जेनजी आन्दोलन पछि नयाँ ध्रुविकरणको तयारीमा जुटेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबाट रुष्ट जेनजी पुस्ताले आन्दोलनले नेपाली कम्युनिष्ट आन्दोलनलाई नराम्ररी झस्कायो । ३६ घण्टा भित्रै ओलीलाई सत्ताच्युत मात्र गरेन एमाले काँग्रेस र माओवादी लगायत प्रायः सबैदलका शीर्ष नेताहरुलाई ज्यान जागाउनै हम्मे हम्मे परेको थियो ।

जेनजी विद्रोहपछि अवस्थाले नेपाली कम्युनिष्ट आन्दोलनलाई समेत नयाँ ध्रुबिकरणको लागि बाध्य बनाएको छ।,
नयाँ ध्रुबीकरणको क्रममा सबै भन्दा अगाडी नेकपा माओवादी केन्द्र देखिएका छन । कम्युनिष्टको नाममा खुलेका दलहरुलाई एकीकृत गर्दै समग्र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने घोषणा प्रचण्डले गरेका छन ।

ध्रुविकरणको पहिलो चरणमा समाजवादी मोर्चा आबद्ध दलहरु बीच यही कार्तिक १८ गते एकीकरण हुने तैयारी समेत गरिएको छ ।
पहिलो चरणमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी लगायतका साना पार्टीहरु रहेका छन । शुरुमा बिप्लब नेतृत्वको पार्टी समेत एकीकरणमा आउने भनिएको थियो तर पछिल्लो समयमा विप्लब नभई उनकै पार्टी बाट हिजो शुक्रवार मात्र विभाजित भएका समूह एकीकरणमा आउने जनाएको छ ।

हेर्नमा यो तीन पार्टीको एकीकरण भनिएपनि यसले समग्र पार्टीको एकता भने नगराउने स्पष्ट भइ सकेको छ । माधव कुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले हिजो शुक्रवार एकतामा जाने निर्णय पार्टीको केन्द्रिय कमिटी बाट गरेको छ । निर्णय बहुमत गरिएको भएपनि झलनाथ खनाल , रामकुमारी झाक्री सहितका नेताहरु माओवादी संग एकतामा नजाने घोषणा गरि सकेका छन ।

यता नेकपा माओवादी केन्द्र भित्रै पनि एकतालाई लिएर एकमत छैन आज (शनिवार)कै बैठकमा माओवादी नेता जनार्दन शर्माले एकीकृत समाजवादी संग एकता गर्न नहुने लिखित प्रस्ताव नै पेश गरेका छन । हुनतः उनको प्रस्ताव अल्पमतमा पर्ने भएकाले एकता प्रक्रियालाई रोक्न सक्दैन तर पार्टी भित्रको अन्तरद्वन्द भने कायमै रहने छ ।

महेन्द्र राय यादव डा. बाबु राम भट्टराईबाट अल्गिएका हुन । हुनतः उनि माओवादीकै चुनाव चिन्हमा चुनाव लडेका थिए ।
माओवादीको ध्रुविकरण पछि एमालेले समेत नयाँ ध्रुविकरणको तैयारी शुरु गरेको छ । माओवादी र नेकपा एस बीच एकताको प्रक्रिया चलिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका नेताहरु एमालेमै फर्कन आग्रह गरेका छन । ओलीले विज्ञप्ति नै जारी गरि एसका नेताहरुलाई पार्टीमा फर्कन आग्रह गरेका हुन । ओलीकै आग्रहलाई आधार बनाएर झलनाथ सहितका नेताहरु माओवादी संगको एकीकरण प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन ।

खनालले संचारकर्मीहरु संग कुरा गर्दै आफुहरु माओवादी संगको एकीकरण प्रक्रियामा सहभागी नहुने बताउदै एमालेमा अहिलेनै गइ हाल्ने अवस्था समेत नरहेको बताएका छन । उनले भनेका छन,‘एमालेले आह्वान त गरेको छ तर ढोका अझै फराकिलो पार्नु पर्दछ । ’

यता एमालेमा भित्रिने अवसर बाट बंचित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी , नेत्र विक्रम चन्द्र विप्लव, भिम रावल सहितका नेताहरुले बाम एकताको कुरा चलाई रहेपनि आफु अनुकुलको ध्रुबिरणको तयारीमा रहेको स्रोत जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १६, शनिवार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको