आइतबार सुनको भाउ बढ्यो, चाँदी सस्तो भयो



जनकपुरधाम, कात्तिक १६ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको हो।

शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

चाँदीतर्फ भने मूल्यमा कमी आएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै चाँदीको मूल्य आज ३०५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १७, आइतवार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको