एजेन्सी, कात्तिक १७ । अफगानिस्तानको उत्तर क्षेत्रमा गएको ६।३ तीव्रताको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। मजार–ए–शरीफ नजिकै केन्द्रबिन्दु भएको उक्त भूकम्पमा कम्तीमा ७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टका अनुसार भूकम्पको केन्द्र जमिनमुनि करिब २८ किलोमिटर गहिराइमा रहेको थियो। यसका कारण मजार–ए–शरीफ क्षेत्रमा रहेका धेरै घर र भवनहरू भत्किएका छन्। प्रसिद्ध नीली मस्जिद ९द्यगिभ ःयकत्रगभ० को केही भाग समेत क्षतिग्रस्त भएको बताइएको छ।
स्थानीय स्वास्थ्य अधिकारी समीम जॉयंदाका अनुसार, घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। धेरैजसो घाइतेहरूलाई टाउको र शरीरमा गम्भीर चोट लागेको जनाइएको छ।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले क्षतिको पूर्ण विवरण संकलन भइरहेको र अझ ठूलो मानवीय क्षतिको आशंका रहेको जनाएको छ।
यो भूकम्प यस वर्षको दोस्रो ठूलो भूकम्पीय विपत्ति हो। यसअघि साउन महिनामा पनि अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा हजारौं मानिसको मृत्यु भएको थियो।






