पहिरो हटाइएपछि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन



काठमाडौं, कात्तिक १७ । चितवनको इच्छाकामना–३ चुमखोलामा खसेको पहिरो हटाइएपछि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन पुनः सुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब ९ बजे खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध बनेको थियो। सडक विभागको उपकरण र सुरक्षाकर्मीको सहयोगमा राति नै पहिरो पन्छ्याएपछि राजमार्गमा दुबै तर्फको आवागमन सुचारु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन घण्टौँसम्म रोकिएका थिए। अहिले सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि यातायात सामान्य गतिमा फर्किएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १८, सोमवार ०८:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको