गगन थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका



काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशनका लागि कार्यतालिका प्रस्तुत गरेका छन्।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले महाधिवेशन आगामी पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव पेस गरेका हुन्।

कांग्रेसभित्र हाल महाधिवेशन फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ। सभापति शेरबहादुर देउवासहितको संस्थापन समूहले महाधिवेशन वैशाखमा मात्रै गर्नुपर्ने अडान लिँदै आएको छ। तर, महामन्त्री थापाले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने पक्ष बलियो बनाउँदै आफ्नो कार्यतालिका प्रस्तुत गरेका हुन्।

थापा पक्षधर महाधिवेशन प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

आजै थापा पक्षधरहरूले काठमाडौंको नयाँ बानेश्वरमा विशेष भेला आयोजना गरी नियमित महाधिवेशन समयमै गर्न नसक्ने भए तत्काल विशेष महाधिवेशनको तालिका ल्याउन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक १९, मंगलवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको