सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण निकोलस भुसाल पक्राउ



काठमाडौं, कात्तिक १८ । सामाजिक सञ्जाल मार्फत विवादास्पद तथा हिंसात्मक अभिव्यक्ति दिएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो। प्रहरीले भुसाललाई पक्राउपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरेको जनाएको छ।

प्रहरीका अनुसार भुसाल केही समयदेखि निगरानीमा थिए। उनले सामाजिक सञ्जालमार्फत तत्कालीन र हालका शीर्ष राजनीतिक तथा सरकारी व्यक्तिहरूमाथि आपत्तिजनक टिप्पणी गर्दै आएका थिए।

भुसालले हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नामसमेत लिँदै हिंसात्मक र उत्तेजनापूर्ण अभिव्यक्ति दिएका थिए।

उनले यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक टिप्पणी गरेका थिए।

गत शनिबार उनले काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई ‘हत्यारा’को संज्ञा दिएका थिए। सो आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट १९ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: २०८२ कार्तिक १९, मंगलवार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको