केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना, तीन जनाको मृत्यु



एजेन्सी, कात्तिक १९ । अमेरिकी राज्य केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनापछि विमानमा भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिबिसीका अनुसार, उक्त विमान लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको हो। केन्टकीका गभर्नर एन्डी बेशियरले यस घटनालाई ‘ठूलो विपत्ति’को संज्ञा दिएका छन्।

दुर्घटनामा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ। विमानमा करिब १ लाख ४४ हजार लिटर इन्धन रहेको र आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ।

अत्यधिक प्रज्वलनशील पदार्थ बोकेको कारण आगो नियन्त्रणमा कठिनाइ भैरहेको बताउँदै अग्नि नियन्त्रक विभागले निरन्तर प्रयास गरिरहेको जनाएको छ।

सुरक्षाका लागि स्थानीयबासीलाई दुर्घटनास्थल आसपास नजान चेतावनी दिइएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १९, बुधबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको