सुनको मुल्य प्रतितोला ११ सय रुपैयाँ घट्यो



काठमाडौं, कात्तिक १९ । बुधबार सुनको मुल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य २ लाख ३७ हजार २ सय रुपैयाँ प्रतितोला तोकेको छ।

अघिल्लो दिन सुनको भाउ २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो। यसअघि पनि एक दिनमा सुनको भाउ १४ सय रुपैयाँ घटेको थियो। यसरी, दुई दिनमा सुनको भाउ २५ सय रुपैयाँले घटेको छ।



असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेर रेकर्ड बनाएको थियो। अहिले त्यसबाट सुनको मूल्य २० हजार ८ सय रुपैयाँले घटिसकेको छ।

चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँले घटेर २९९० रुपैयाँ प्रतितोला पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ३०१५ रुपैयाँ थियो। चाँदीको मूल्य असोज ३१ गतेको रेकर्ड ३३५० रुपैयाँ प्रतितोला भन्दा हाल ३६० रुपैयाँले कम छ।

प्रकाशित मिति: २०८२ कार्तिक १९, बुधबार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको