अलमलमा झलनाथ, ओलीसँग भेटपछि प्रचण्डलाई भेट्दै



काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ९ वाम दलबीच एकताको घोषणा हुनै लाग्दा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अलमलमा परेका छ । माओवादी संगको एकता प्रक्रियामा सहभागी हुन नसक्ने घोषणा गरेका खनाल आज नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड संग भेट गर्दै छन ।

हिजो बेलुका खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। आज बिहान उनी प्रचण्डसँग भेटेर वाम एकताका विषयमा छलफल गर्न लागेका हुन्।

खनालले भने, “वाम दलहरू एकताबद्ध हुनैपर्छ। त्यसका विषयमा आज प्रचण्डसँग पनि छलफल गर्छु।”

खनालले एकताका लागि चार सर्त अघि सारेका छन्, जसमा मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मानिने, समाजवादी क्रान्तिको युगमा समाजवादी कार्यक्रम अघि बढाउनुपर्ने, एकमात्रै समाजवादी कार्यक्रम अपनाइने, समाजवादी कार्यक्रम प्राप्त गर्न कार्यदिशा, नीति र सिद्धान्तमा एकरुपता हुनुपर्नेसहितका रहेका छन ।

खनालका अनुसार यी सर्त पूरा भएमा मात्रै पार्टी एकता सम्भव हुनेछ। उनी विभिन्न नेताहरूसँग भेट जारी राख्दै आएका छन्।

यसैबीच, एकीकृत समाजवादीबाट माधवकुमार नेपालसहितको समूह माओवादी केन्द्रसँग एकताको निर्णय गरिसकेको छ। तर, झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्रीसहितका नेताहरूले एकताको निर्णयमा विमती राख्दै आएका छन्।

रामकुमारी झाँक्रीसहितको समूहले आज पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय सार्वजनिक गर्ने तयारीमा छ। यो समूह नेकपा एमालेमा फर्किने तयारीमा रहेको स्रोतहरूले जनाएका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधवार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको