माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता



काठमाडाँै, कात्तिक १९ । नेपालको वाम आन्दोलनमा पहिलो पटक माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच ठूलो राजनीतिक एकता भएको छ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रम मार्फत ठूलो बाम एकताको घोषणा गरिएको हो।

एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ।
माक्र्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादलाई मार्गदर्शक सिद्धान्त बनाएको नयाँ पार्टीले चुनाव चिन्ह ‘पाँचकुने तारा’ राख्ने जनाएको छ ।

शीर्ष नेताहरू पुष्पकमल दहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, र महेन्द्रराय यादव सहितका नेताहरु एकता कार्यक्रममा सहभागिता जनाएका थिए।
झलनाथ खनाल अन्तिम समयमा एकता प्रक्रियामा सहभागी भएका थिए । नेकपा (एकीकृत समाजवादी)ले एकता गर्ने निर्णय गर्दा खनाल विपक्षमा उभिएका थिए । हिजो रातीमात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई भेटेका खनाल आज विहान मात्र प्रचण्ड संग भेटन उनकै निवास पुगेका थिए ।

एकीकृत पार्टीले आगामी छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने सहमति गरेको छ। पार्टीको कार्यनीति सुशासन, सामाजिक न्याय, आर्थिक रुपान्तरण र समाजवादी क्रान्तिको लक्ष्यमा केन्द्रित हुने बताइएको छ।

दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आजको भेला बाट २३ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधवार १७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको