सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौँमा विप्लवको प्रदर्शन



काठमाडौँ, कात्तिक २० । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार काठमाडौंमा जनप्रदर्शन गरेको छ।

पार्टीले आयोजना गरेको उक्त प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गरेका छन्। राजधानीको विभिन्न स्थानबाट र्‍याली सुरु भई भृकुटीमण्डपमा सभामा परिणत भएको थियो।

पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सभालाई सम्बोधन गर्ने तयारीमा छन्। उनी पार्टीको हालको राजनीतिक धारणा, भदौ २३–२४ को जेन–जी आन्दोलनपछिको परिवेश र आगामी रणनीतिबारे आफ्नो पक्ष सार्वजनिक गर्नेछन्।

यसअघि विप्लव समूहले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। सो अवधिमा उनका केही नेता कार्यकर्ताले छुट्टै दुई समूह चोइटिएर नयाँ लाइनअप बनाएका छन्।

भृकुटीमण्डपमा आयोजित प्रदर्शनमा पार्टीका अग्रणी नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

प्रकाशित मिति: २०८२ कार्तिक २१, बिहिवार १४:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको