भारत-नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क सम्बन्धि अभिमुखीकरण भारतीय दूतावासमा सम्पन्न



जनकपुरधाम, कात्तिक २० । काठमाडौंस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना हुन लागेको भारत-नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र सम्पन्न गरेको छ।

भारत र नेपालको स्टार्टअप इकोसिस्टमबीच अन्तरक्रिया र सहकार्य बढाउने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम पहिलो पटक आईआईटी मद्रासमा सन् २०२५ डिसेम्बरमा सुरु हुनेछ।

यस कार्यक्रमअन्तर्गत नेपालका स्टार्टअप प्रतिनिधिहरूका लागि ८ हप्ते पूर्ण छात्रवृत्तिय (Fully Funded) प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम सञ्चालन हुनेछ। उक्त मोड्युलमा तालिम, परामर्श तथा इन्टर्नशिपका अवसरहरू समावेश हुने दूतावासले जनाएको छ।

आईआईटी मद्रास प्रवर्तक(IITM Incubation Cell) हालसम्म ४६ वटा स्टार्टअपहरू इन्क्यूबेट गरिसकेको अग्रणी इन्क्यूबेटर हो, जसमध्ये १४ वटाले आफ्नो प्रविधि सफलतापूर्वक व्यावसायिकरण गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव श्रीमती राधिका अर्याल प्रमुख अतिथि रहनु भएको उक्त सत्रमा उहाँले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने IN-SPAN पहलको प्रशंसा गर्नुभयो।

दूतावास परिसरमा आयोजित कार्यक्रममा विभिन्न स्टार्टअप, सरकारी निकाय, वाणिज्य संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, NAS IT, Fintech Alliance, AI Association of Nepal तथा शैक्षिक संस्थाहरूका करिब १०० जना सहभागीहरू उपस्थित थिए।

यस्तै, त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान धरान क्याम्पसका करिब ६० जना सहभागीहरूले भर्चुअल रूपमा कार्यक्रममा सहभागिता जनाए।

कार्यक्रममा प्रोफेसर गौरव रैना, प्रमुख वैज्ञानिक तथा प्रमुख, Centre for Human-Centric AI, IIT Madras, अनलाइन रूपमा सहभागी हुँदै IIT Madras र IITM प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमबारे जानकारी दिनुभयो।

यसअघि सोही दिन पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो, जसमा करिब ७० जना विद्यार्थीहरू सहभागी भएका थिए।

IN-SPAN कार्यक्रमका लागि आवेदनहरू सन् २०२५ नोभेम्बर १५ सम्म खुला छन्। इच्छुक उद्यमीहरूले अनलाइन आवेदन https://shorturl.at/Au8zh मा भर्न सक्नेछन्। चयन प्रक्रिया आवेदनको मूल्याङ्कन र अन्तर्वार्ताका आधारमा हुनेछ।

प्रकाशित मिति: २०८२ कार्तिक २१, बिहिवार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको