कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन



काठमाडौँ, कात्तिक २० । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ भएको भन्दै परीक्षार्थीहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा आन्दोलन गरेका छन्।

आन्दोलनमा सहभागीहरूले दुई वर्षअघि भाषा र सीप परीक्षा पास गरिए पनि अहिलेसम्म करार सम्झौता नभएको र त्यसका कारण कोरिया जान नपाएको भन्दै आक्रोश व्यक्त गरे।

सन् २०२५ का लागि आयोजित परीक्षामा एक लाख ६३ हजारभन्दा बढीले आवेदन दिएका थिए, जसमा १७ हजार ३० जना भाषा परीक्षा उत्तीर्ण भएका थिए। तर, तीमध्ये अधिकांश कामदार अझै पनि करार प्रक्रियामा अड्किएका छन्।

कामदारहरूले माग गरेका छन् — “थप नयाँ परीक्षा र विज्ञापन खोल्नु अघि पहिले पास भएका कामदारलाई प्राथमिकता दिइयोस्।”

ईपीएस शाखामा प्रदर्शनका क्रममा उनीहरूले सरकारसँग तत्काल स्पष्ट कार्ययोजना ल्याउन आग्रह गरे।

सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणाली अन्तर्गत नेपाली कामदारहरू लैजान थालेको हो। हाल दक्षिण कोरियामा करिब एक लाख नेपाली कामदार कार्यरत छन्।

प्रकाशित मिति: २०८२ कार्तिक २१, बिहिवार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको