ललितपुर, कात्तिक २१ । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल शुक्रबार बिहान नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरस्थित हरिसिद्धी पुगेका छन्।
विप्लव निवासमै भइरहेको भेटमा नेतात्रयबीच अहिले पनि छलफल जारी रहेको स्रोतले जनाएको छ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको एकता प्रक्रियाबाट असन्तुष्ट रहेका नेताहरूबीच नयाँ ध्रुवीकरणको सम्भावनाबारे चर्चा भइरहेको बेला उनीहरूबीच यो भेट भएको हो।
यसअघि पनि शर्मा, राम कार्की र भूसालले विप्लवलगायतका नेतासँग नयाँ राजनीतिक ध्रुवीकरणका विषयमा अनौपचारिक भेटघाट गर्दै आएका थिए।




