काठमाडौं ,कात्तिक २२ । हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ।
कप फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो।
नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो।
नेपालका रसिद खानले ३ विकेट लिँदा बसिर अहमदले २ तथा रूपेस सिंहले १ विकेट लिएको हो।

रसिद खानले एकै ओभरमा तीन विकेट लिँदै भारतलाई अल आउट गरेका थिए।
रसिद खानले अफगानिस्तानविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए।
भारतका लागि भरत चिपली र प्रियंक पञ्चलले १२र१२ रन बनाए। कप्तान दिनेश कार्थिक र शहबाज नदीमले ७र७ रन बनाए । स्टुअर्ट बिनी शून्यमा आउट भए।
पहिले ब्याटिङ गरेको नेपालले विकेट नगुमाइ १३७ रन जोडेको थियो।
नेपालका लागि रसिद खानले ५५ रन बनाए। उनले १७ बलमा ४ चौका र ६ छक्का हाने। ५५ रन जोडेपछि उनी ‘रिटायर्ड हर्ट’ लिएका थिए।
सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ४७ रन बनाए। त्यस्तै लोकेश बमले ७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३१ रन जोडे।
बउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।
त्यसअघि मुख्य लिग ९कप लिग०मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
कप लिगबाट बाहिरिएका टोलीहरूबीच बउल लिग खेलाइन्छ। बउल लिगका शीर्ष दुई टोलिबीच फाइनल हुनेछ।








