जितेन्द्र सोनलद्वारा मुख्यमन्त्री पदबाट राजिनामा



जनकपुरधाम, कात्तिक २२ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजिनामा दिएका छन ।

आज विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोनलले पदबाट राजिनामा दिएका हुन ।
सत्ता गठबन्धनकै दल नेकपा (माओवादी केन्द्र) का दुई सांसदले सरकारलाई विश्वासको मत नदिने घोषणा गरेपछि सोनलले राजिनामा गरेका हुन ।

प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकारलाई विश्वासको मत दिलाउन कम्तीमा ५४ मत आवश्यक थियो ।
तर, हालको गणित अनुसार सोनल पक्षमा ५२ मत मात्र पुग्ने देखिएको थियो ।

सत्ता गठबन्धनमा लोसपा ८, जसपा नेपाल १८, जनमत पार्टी १३, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ७ गरी कुल ५५ सांसद छन्। यसमा नागरिक उन्मुक्ति पार्टीको १ मत जोडिँदा यो संख्या ५६ पुग्छ।

तर, माओवादीका रहबर अन्सारी र माला कर्णले विश्वासको मत नदिने घोषणा गरेपछि दुई मत घटेको थियो ।
त्यस्तै, जनमत पार्टीबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह प्रदेशसभामा अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: २०८२ कार्तिक २३, शनिवार १७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको