ओम प्रकाश यादव
रौतहट, कात्तिक २२ । रौतहटमा पहिलो पटक ‘इको सेवा (Echocardiography Service)’ सुरू भएको छ।
जिल्लामा पहिलो पटक अत्याधुनिक इकोकार्डियोग्राफी सेवा सुरू गरिएपछी सर्वसाधारण नागरिकको उपचारमा निकै सहजता भएको छ।
गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउपालिका वडा नम्बर १ सुकदेव चौकमा अवस्थित नेपाल तराई सीटी हॉस्पिटलले सो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
यससँगै अब रौतहटका बासिन्दाले मुटु सम्बन्धी रोगको परीक्षणका लागि वीरगन्ज, जनकपुर वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
यसअघि मुटु रोगको परीक्षणका लागि बिरामीहरूलाई वीरगन्ज, जनकपुर वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता थियो। अब जिल्लामै यस्तो अत्याधुनिक सेवा उपलब्ध भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।
अस्पतालका अनुसार अत्याधुनिक प्रविधियुक्त इको मेसिन संचालन भएपछी मुटु सम्बन्धी समस्या भएका बिरामीहरूको सही निदान तथा उपचारमा अब सहजता हुने भएको छ।
यसअघि जिल्लाभित्र इको सेवा नहुँदा बिरामीहरूलाई वीरगन्ज, जनकपुर वा काठमाडौंजस्ता सहरमा जानुपर्ने बाध्यता थियो।
नेपाल तराई सीटी अस्पतालका प्रमुख डा। मधुरेन्द्र यादवका अनुसार, “रौतहटमा मुटु रोगका बिरामीहरू बढ्दै गएका छन्। इको सेवा सुरू गरेपछि बिरामीले सस्तो, सहज र भरपर्दो मुटु परीक्षण सेवा आफ्नै जिल्लामै पाउनेछन्।
हाम्रो उद्देश्य जनताको स्वास्थ्यमा गुणस्तर ल्याउनु हो।” डा। यादवले थपे, “अब मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले टाढासम्म जानु नपर्ने, तुरुन्तै निदान र उपचार सल्लाह यहीँबाट पाउने व्यवस्था गरिएको छ।”
अस्पतालका प्रमुख डा। मधुरेन्द्र यादवका अनुसार, “तराई सीटी अस्पतालको मुख्य उद्देश्य सदैव स्थानीय जनतालाई सस्तो, भरपर्दो र आधुनिक उपचार सेवा उपलब्ध गराउने हो। १० वर्षको यात्रामा हामीले विश्वास जितेका छौँ र अब इको सेवा सुरू गरेर स्वास्थ्य सेवामा अर्को उपलब्धि थपेका छौँ।”
स्थानीय बासिन्दा हरिशंकर साहले भने, “रौतहटमै यस्तो प्रविधियुक्त मेसिन आएपछि हामीलाई ठूलो राहत मिलेको छ। अब परीक्षणका लागि वीरगन्ज वा काठमाडौं धाउनुपर्ने छैन।
रौतहटमा इको सेवा प्रारम्भ हुनु जिल्ला स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ। यसले न केवल मुटु रोगको उपचार सहज बनाउनेछ, बरु स्थानीय जनताको समय र खर्च दुबै बचत गर्नेछ।
के हो इको सेवा ?
इकोकार्डियोग्राफी ९इको० भनेको मुटुको भित्री संरचना, रगतको प्रवाह र मुटुको पम्पिङ क्षमताको अध्ययन गर्न प्रयोग हुने अत्याधुनिक अल्ट्रासाउण्ड प्रविधि हो।
जसमा अल्ट्रासाउण्ड प्रविधि प्रयोग गरी मुटुको संरचना, पम्पिङ क्षमतासहित रगत प्रवाहको अवस्था अध्ययन गरिन्छ। यसबाट मुटुका भल्भहरूमा समस्या, मुटुका कोठाहरूमा असामान्यता, रगत चुहिने समस्या, मुटुको पम्प कमजोर हुने अवस्था, धमनी तथा नसाहरूमा हुने असामान्यता लगायत धेरै रोगको प्रारम्भिक पहिचान गर्न सकिन्छ।
यस परीक्षणबाट मुटुका भल्भमा हुने अवरोध वा चुहावट सम्बन्धी समस्या निदान हुनूका साथै मुटुको पम्पिङ कमजोर हुनु, मुटुको कोठाहरूमा रक्तस्राव वा सुजन, उच्च रक्तचाप वा मधुमेहसँग सम्बन्धित मुटु समस्या समाधान हुने छन।
यसले जिल्लाका सर्वसाधारण नागरिकका लागि स्वास्थ्य उपचारमा सहजता, समय बचत र आर्थिक राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाल तराई सीटी अस्पतालले विगत १० वर्षदेखि निरन्तर रूपमा गुणस्तरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले आफ्नो सेवाको दायरा क्रमशः विस्तार गर्दै CT Scan, Digital X-Ray, Ultrasound, Pathology Lab र विभिन्न विशेषज्ञ चिकित्सकका परामर्श सेवासमेत सञ्चालन गर्दै आएको छ।
तराई सीटी अस्पतालले ल्याएको इको सेवा र १० वर्षको निरन्तर योगदानले रौतहटको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। यसले जिल्लाका जनतामा स्वास्थ्य सेवाप्रति विश्वास र पहुँच दुवै बढाउने अपेक्षा गरिएको छ।
इको सेवा प्रारम्भसँगै अस्पतालले मुटु, मृगौला, पेट तथा मस्तिष्क सम्बन्धी सीटी स्क्यान, एक्स–रे, ल्याब, अल्ट्रासाउण्ड लगायतका सेवा पनि एकै छानामुनि उपलब्ध गराएको छ।
रौतहटमा इको सेवा प्रारम्भ हुनु केवल एउटा अस्पतालको उपलब्धि मात्र नभई पूरा जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको रूपमा हेरिएको छ।






