नक्साल भाटभटेनी भत्काउने क्रममा एक जनाको मृत्यु



काठमाडौं ,कात्तिक  २३ । नक्साल स्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार एक जनाको मृत्यु भएको हो ।घाइते भएका दुइमध्ये एक जनाको मृत्यु भएको हो । उनीहरुलाई उद्धार गरेर उपचारका लागि लगिएकोमा एक जनाको मृत्यु भएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो ।आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेषहरू हटाउन थालिएको थियो ।

सो क्रममा आज दुई जना गम्भीर घाइते भएको र एक जनाको मृत्यु भएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २४, आइतवार १६:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको