मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारीमा मधेशका विपक्षी दल



काठमाडौं,कात्तिक २४। मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विपक्षी दल आजै सर्वोच्च अदालत जाने भएका छन् ।

नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले शिलापत्रलाई जानकारी दिए । उनले भने, ‘आजै मुद्दा दर्ताको तयारीमा छौँ । आदेश पनि आजै आउला नि । ’

नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम नियुक्ति गरेकी थिइन् ।

उपधारा ९२० को विकल्पमा जान सकिने हुँदाहुँदा पनि उपधारा ९३० बाट मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको विपक्षी दलहरूको भनाइ छ । विक्षपी दलहरूमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजावादीलगायत पार्टी रहेका छन् ।

नेपाली कांग्रेस पनि मुख्यमन्त्री नियुक्तिको विपक्षमा रहेको छ ।

प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको