मधेसको मुख्यमन्त्री नियुक्ति विरूद्ध अदालत जाने सात दलको निर्णय



काठमाडौं,कात्तिक २४ । सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा मधेस प्रदेशका सात राजनीतिक दल अदालत जाने भएको छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी बैठक बसेर यादवलाई संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा अदालत जाने निर्णय गरेका हुन्।

‘हामी आज बैठक बस्यौं। प्रदेश प्रमुखबाट गैरसंवैधानि काम भएको छ,’ पूर्वमुख्यमन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले भने, ‘अब अदालत र जनताकहाँ सँगसँगै जान्छौं।’

संविधानको धारा १६८ ९२० अनुसार सरकार बन्ने र तदनुरूप समर्थनसमेत जुटिसकेको अवस्थामा प्रदेश प्रमुखले एमाले दलको नेतालाई होटलमा मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएको भन्दै सात दल आन्दोलित भएका हुन्। सात दलले सोमबार मुख्यमन्त्री, प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेका थिए। उनीहरूले मुख्यमन्त्रीको कार्यकक्षमा ताल्चा लगाएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार अघिल्लो दिनको मिति राखेर सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले बर्दिबासको होटलमै मुख्यमन्त्रीलाई शपथ गराएकी थिइन्।

 

प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमवार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको