किन चुनाव छोडेर संसद पुनर्स्थापनाको पक्षमा छ एमाले ?



काठमाडौं,कात्तिक २४ । ‘हामी आन्दोलनमा जान्छौँ । नहुने चुनावमा कसरी भाग लिनु रु’ ३१ असोजमा ललितपुरमा सम्मन्न भएको एमाले केन्द्रीय कमिटीको बैठक सकेलगत्तै सञ्चारकर्मीको जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको जवाफ हो यो ।

त्यसो त ३ दिनअघि गुण्डुमा बसेको एमाले सचिवालयको ५८ औँ बैठकले केन्द्रीय कमिटीका लागि संसद पुनर्स्थापना गर्ने एजेन्डा तय गरिसकेको थियो ।

२९–३१ असोजमा सम्पन्न केन्द्रीय कमिटीबाट विघटित प्रतिनिधि सभा ब्युँत्याउनुपर्छु भन्ने पक्षमा एमाले उभिएको बेला शीर्ष दलहरूले आधिकारिक निर्णय गर्न सकिरहेका थिएनन् । त्यसयताका लगातारका एमाले शीर्ष नेताहरूको सार्वजनिक अभिव्यक्ति संसद ब्युँताउनुपर्छ भन्ने लाइनबाट प्रेरित छन् । उनीहरूले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘असंवैधानिक’ भन्दै आएका छन् ।

यो बीचमा कांग्रेस र एमालेका बैठकहरू निरन्तर चलिरहेका छन् । आन्तरिक संघर्षमा रुमलिरहेको नेपाली कांग्रेस निर्वाचन पहिले की अधिवेशन रुु भन्ने घनचक्करमा छ । यही बीचमा हिजोदेखि संस्थापन पक्ष नेताहरूले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग संसद पुनर्स्थापनाको पक्षमा उभिन हस्ताक्षर संकलन गरेयता नेकपा एमालेबाट सोही विषयको गृहकार्य तीव्र देखिन्छ ।

एमालेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक २ मंसिरमा च्यासलमा बोलाइएपछि एमालेले चुनावको तयारीलाई थाँती राखेको प्रस्ट देखिएको छ । यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसका पूर्वसांसदहरूले समेत प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर जुटाउन सुरु गरेपछि एमालेले तयारी तीव्र पारेको हो ।

गत शनिबारदेखि नै त्यसको अभ्यास थालिएको एमाले नेता एवं पूर्वसांसद गोकुल बाँस्कोटाले शिलापत्रलाई जानकारी दिए । उनले दलबाट नभई कर्मचारीमार्फत आफूलाई सूचना आएको बताए । ‘अहिले म भ्याउँदिनँ भनिदिएँ । म घर बनाउँदै छु । २६ गते हस्ताक्षर गर्न जान्छु । के का लागि हो थाहा छैन । कांग्रेसका पनि ४० जना पुगिसक्यो भन्ने खबर गरेका छन्’, बाँस्कोटाले भने ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार २ मंसिरमा राखिएको बैठकमा अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने छन् । उक्त बैठकमा सबै पूर्वसांसदहरूलाई आमन्त्रण गरिएको छ । ओलीले संसघ विघटनपछि उत्पन्न भएका विषम राजनीतिक घटनाक्रमबारे जानकारी गराउने र आगामी कार्यदिशा बारे प्रस्ट पार्ने योजना रहेको उनले शिलापत्रलाई जानकारी दिए ।

नेता बर्तौलाका अनुसार संसद पुनर्स्थापनाको पक्षमा उभिन नेपाली कांग्रेस पनि लगभग तयार छ । अहिले कांग्रेससँग निरन्तर छलफल भइरहेको हुँदा असंवैधानिक तवरले बनेको सरकार हटाएर संविधानले चिन्ने सरकार गठन गर्ने बारे सहमति जुटेको बर्तौलाले दाबी गरे ।

उनले हालको सरकारको गठन प्रक्रियाबारे अदालतमा समेत रिट परिसकेको हुँदा जेन–जी आन्दोलनपछि उत्पन्न असामान्य परिस्थितिलाई सम्बोधन गर्न ‘संसदले चिन्ने वैधानिक सरकार’ आवश्यक परेको तर्क गरे । उनले संवैधानिक मर्मबाहिरबाट प्रधानमन्त्री र मन्त्री बनाइएको दृष्टान्त पेस गर्दै संविधानको आधारभूत मान्यता कायम राख्दै लोकतन्त्रलाई जीवन्त बनाउन पनि संसद अपरिहार्य भएको तर्क गरे ।

अयकmयक अयििभनभ
‘जेन–जी आन्दोलनपछि उठाइएका कतिपय मुद्दाहरू संविधान संशोधनमार्फत गर्नुपर्ने पनि देखिएका छन् । संविधानले नचिन्ने यो सरकारले ती मुद्दा कसरी सम्बोधन गर्न सक्छ रु’, उनले प्रश्न गरे, ‘अहिलेको पछिल्लो भावनालाई सम्बोधन गर्ने उपयुक्त माध्यम नै संसद ब्युँताएर जेन–जी प्रतिनिधि सहभागी वैधानिक सरकार बनाउनु हो । यसो गर्दा राज्यले निकास पाउँछ भन्ने हाम्रो र लामो लोकतान्त्रिक अभ्यास गरेर आएको नेपाली कांग्रेसको पनि बुझाइ हो ।’

उनले कांग्रेसले पनि एमालेको जस्तै संसद पुनर्स्थापना गरेर जानेगरी संस्थागत निर्णय गर्ने विश्वास व्यक्त गरे । नेता बर्तौलाले एमाले २१ फागुनमै चुनावका लागि तयार रहेको समेत जिकिर गरे । उक्त चुनावका लागि वैधानिक सरकार गठन र त्यसका लागि संसद पहिलो सर्त हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको उनले बताए ।

‘अहिले भनिएको कानुनी जटिलता हल गर्न संसद चाहिएन रु कुन–कुन कानुनी सुधारको खाँचो छ बसौँ, छलफल गरौँ र संवैधानिक बाटोबाटै ती सबै कुराहरूको हल गरौँ भन्दा कसरी जेन–जी आन्दोलनको भावनाविपरीत हुन्छ रु’ उनले भने ‘एमाले लोकतान्त्रिक मान्यताअनुसार अघि बढ्नुपर्छ भन्ने पार्टी हो । राष्ट्रिय सहमतिमै संसद पुनर्स्थापना गरौँ । सर्वस्वीकार्यता कायम गरौँ र अर्ली इलेक्सनमा जान अरु दल सहमत भए एमाले यही मितिमा तयार छ ।’

प्रतिनिधि सभाको पछिल्लो निर्वाचनबाट कांग्रेसले ८८ र एमालेले ७९ सिट प्राप्त गरेका थिए ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २५, सोमवार १५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको