देउवानिकट ज्ञानेन्द्र कार्की को सुझाव- चुनावअघि नीति महाधिवेशन गरौं



काठमाडौँ ,कात्तिक २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की ले आमनिर्वाचनअघि नीति महाधिवेशन गर्न सुझाव दिएका छन्।

सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत र बाँकीलाई पनि समेटेर चुनावअघि नीति महाधिवेशन गर्न सुझाव दिएका हुन्।

विकास, स्थायित्व, समृद्धि, संविधान रक्षाका लागि पार्टी अघि बढ्नुपर्ने उनले बताए।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बढाएर ६० पुर्‍याउने वा ३० मा झार्न ऊर्जा खर्च गरेर बरबाद गर्ने कि घोषित मितिमा आमनिर्वाचनमा गएर संविधान रक्षा र लोकतन्त्र रक्षाका लागि हामी अघि बढ्नेरु,’ सभापति शेरबहादुर देउवानिकट उनले भने, ‘यस्ता गम्भीर प्रश्नमा गम्भीरताका साथ छलफल गरी निर्णयमा पुग्नुपर्छ। हामी निर्णयमा पुगिएन भने दुर्घटनामा जाने बाटो हुन्छ। मेरो सुझाव छ( ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ। चुनावअघि यसलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरौं।’

उनले देशभरका साथीहरूलाई नीति महाधिवेशनका लागि आग्रह गर्नुपर्ने बताए। ‘पार्टीले सुशासन, शिक्षालगायत क्षेत्रमा कस्तो नीति लिने भनेर छलफल गरौं,’ उनले भने, ‘जनताको जीवनस्तर कसरी विकसित गर्न सकिन्छ, त्यसबारे नीति बनाऔं, विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गरी चुनावअघि नीति महाधिवेशन गरौं।’

ीबहmष् दबलप

प्रकाशित मिति: २०८२ कार्तिक २६, मंगलवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको