हाडनाता करणीमा २५ वर्ष जेल, नख्खु कारागारबाट भागेका कालीबाबा पक्राउ



काठमाडौ ,कात्तिक २५ । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए ।हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतल २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।

पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बतायो ।

 

प्रकाशित मिति: २०८२ कार्तिक २६, मंगलवार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको