देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण : विमलेन्द्र निधि



काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुँदा देश र व्यवस्थामा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा निधिले २४ भदौको घटनालाई दर्दनाक र शर्मनाक राजनीतिक घटना ठानेको उल्लेख गर्दै, राजनीतिक अवस्था बुझेर चुनावमा नजाने हो भने देशको व्यवस्था नै जोखिममा पर्ने बताएका छन्।

उनले बैठकमा प्रश्न उठाए, “देश र लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको महाधिवेशन महत्वपूर्ण छ कि लोकतन्त्रलाई ट्रयाकमा ल्याउने आमनिर्वाचनरु मलाई राजनीतिक दृष्टिले निर्वाचन नै महत्वपूर्ण देखिन्छ।”

निधिले स्मरण गराए कि २३ भदौमा बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सरकारबाट बाहिरिन आग्रह गर्न सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका थिए। उनले सो समयमा सर्वदलीय सरकारको सम्भावना र राजनीतिक निकासका उपायहरू पनि छलफलका लागि सुझाएका थिए।

उनले आगामी प्रतिनिधि सभा निर्वाचन पश्चात मात्रै कांग्रेसको महाधिवेशन हुनुपर्ने विचार राखेका छन्। निधिले कांग्रेसलाई देश र लोकतान्त्रिक व्यवस्थाको सुरक्षा गर्ने जिम्मेवारी अहिलेको परिस्थितिमा निर्वाचनमा सक्रिय भएर मात्रै पूरा गर्न सकिने बताए।

उनका अनुसार, राजनीतिक निर्णय र नेतृत्वका निर्णयहरू देशको भविष्य र व्यवस्था दुवैको लागि निर्णायक हुनेछन्।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बुधवार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको