कांग्रेस बैठकमा संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्न श्याम घिमिरेको प्रस्ताव



काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीलाई संसद् पुनर्स्थापनाको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने प्रस्ताव राखेका छन्।

काठमाडौंमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै घिमिरेले पार्टीले विगतमा संसद् विघटनलाई असंवैधानिक भनेको हुँदा अहिले पनि त्यही अडान कायम राख्नुपर्ने बताए।

उनका अनुसार, “हामी विगतमा पनि हरेक पटक संसद् विघटन हुँदा अदालत गएर पुनर्स्थापनाको पक्षमा उभिएका थियौँ। यस पटक किन त्यसको पक्षमा नउभिनेरु पार्टीले संसद् विघटन र सरकार निर्माणलाई असंवैधानिक भनिसकेको छ, त्यसैले अहिले पनि त्यही रुखमा अडिनुपर्छ,” उनले स्पष्ट पारे।

घिमिरेले थप बताए कि संसद्पुनर्स्थापनाका लागि विघटित प्रतिनिधि सभा सदस्यहरूको हस्ताक्षर संकलन आफूले स्वेच्छिक रूपमा गरेका हुन्। उनले सभापति, कार्यवाहक सभापति वा महामन्त्रीहरूसँगबाट कुनै निर्देशन नपाएको पनि खुलासा गरे।

उनका अनुसार, आगामी फागुन २१ गते निर्वाचन भए पनि संसद् लामो समय टिक्ने सम्भावना कम भएकाले पार्टीले अहिले नै पुनर्स्थापनाको पक्षमा निर्णय गर्नुपर्छ, ताकि लोकतान्त्रिक अभ्यासमा निरन्तरता रहोस्।

कांग्रेस बैठकमा अन्य नेताहरूले पनि हालको राजनीतिक अवस्थाबारे आ–आफ्ना धारणा राखिरहेका छन्। बैठकले पार्टीको आगामी रणनीति, निर्वाचन तयारी र सरकारप्रतिको धारणा विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बुधवार १४:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको