प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान



काठमाडौं, कात्तिक २८ । निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न इच्छुक दललाई दल दर्ताको लागि आह्वान गरेको छ।

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दलहरूले मंसिर १ गतेदेखि १० गतेसम्म, र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने दलहरूले मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न सक्नेछन्। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनु अनिवार्य छ।

प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते, र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते तोकिएको छ।

राष्ट्रिय सभामा १९ जनाको कार्यकाल सकिँदै छ र फागुन २० गते उनीहरूको कार्यकाल समाप्त हुनेछ। यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद हुन् भने बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुने तयारी छ।

प्रदेश अनुसार राष्ट्रिय सभा सदस्यको संख्या कोशी प्रदेश ३ , मधेश प्रदेश ४, बागमती प्रदेश २, गण्डकी प्रदेश २, लुम्बिनी प्रदेश ३, कर्णाली प्रदेश २,
र सुदुरपश्चिम प्रदेश २ रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकारगाउँपालिका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदान गर्न सक्नेछन्।

प्रकाशित मिति: २०८२ कार्तिक २९, शुक्रवार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको