जनकपुरबाट खेल्न नपाएका जिम्मी निसामलाई पोखरा एभेन्जर्समा अनुबन्ध



एजेन्सी, कात्तिक २८ । न्युजिल्यान्डका स्टार अलराउण्डर जिम्मी निसाम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्स बाट खेलने पक्का भएको छ। पोखराले सामाजिक सञ्जालमार्फत निसामलाई टिममा भित्र्याएको पुष्टि गरेको हो।

निसामले पहिलो संस्करणमा जनकपुर बोल्ट्स बाट उत्कृष्ट प्रदर्शन गरेका थिए। बलिङ र ब्याटिङ दुवैमा चम्किएका उनले जनकपुरलाई उपाधिसम्म पुर्‍याएका थिए। अपेक्षा थियो—जनकपुरले उनलाई रिटेन गर्छ। तर, आईसीसीको नियमका कारण जनकपुरले यसपटक उनलाई अनुबन्ध गर्न पाएन।



आईसीसीको नियमले रोक्यो जनकपुरलाई

एनपीएलमा ८ फ्रेन्चाइजी छन्। तर, नियमअनुसार टेस्ट राष्ट्रका ४ जना ‘सक्रिय खेलाडी’ मात्र सहभागी गराउन पाइनेछ। जिम्मी निसाम हाल न्युजिल्यान्डको सक्रिय टी(२० खेलाडी भएकाले उनी यस कोटामा पर्छन्। गोलाप्रथाबाट भएको छनोटमा जनकपुर बोल्ट्सलाई मौका नजुटेपछि उनी निसामलाई दोहोर्याउन सकेन।

जनकपुरका लागि उपलब्ध नभएपछि पोखरा एभेन्जर्सले मौका छोपी निसामलाई अनुबन्ध गरेको हो। यससँगै दोस्रो संस्करणमा पोखराको टोली मजबूत बनेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक २८, शुक्रबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको