जनकपुरधाम, कात्तिक २९ । मुख्यमन्त्री सरोज कुमार यादवले सात दलिय आन्दोलनको प्रतिकार गर्न आम जनतामा अपील गरेका छन ।
मुख्यमन्त्री यादवले आज पत्रकार सम्मेलनको आयोजना गरि मधेश केन्द्रित दलले पुनः मधेशका सोझा साझा जनतालाई भडकाई शहीद बनाउने प्रपञ्च रचेको भन्दै त्यस्ता कार्यको प्रत्रिकार गर्न अपील गरेका हुन ।
मधेशी जनतालाई नेकपा एमालेलाई प्रमुख मधेशवादी निर्वाचनबाटै बनाइ सकेको दावी गर्दै यादवले संघीयताको लागि गरेको आन्दोलनकै बलमा सधै सत्तामा टाँसी रहने लोसपा जसपाको रणनीतिलाई मधेशी जनताले अस्वीकार गरेको दावी गरेका छन । उनले भने,‘आन्दोलन गरेकै बलमा सधै सत्तामा रहन पाउनु पर्ने हो भने, नेपालको एकीकरण गरेका पृथ्वी नारायणका सन्तालन ज्ञानेन्द्रलाई किन सत्ताबाट हटाइयो ।
आफनो नियुक्तीको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै यादवले सो मुद्दामा सडक आन्दोलन तताउने कार्य गर्नु पुनः मधेशलाई द्वन्दमा फसाउने बाहेक अन्य केही नरहेको दावी समेत गरेका छन ।




