प्रदेश सभा प्राङ्गणमा सभा सञ्चालन, बाहिरै निर्वाचन गराए सभामुख ल्याउँछौ : पूर्वसभामुख यादव



जनकपुरधाम, कात्तिक २९ । मधेश प्रदेश सभाको प्राङ्गण (खुल्ला चौर)मा प्रदेश सभा सञ्चालन गरिएको छ । उप–सभामुख वविताकुमारी राउत्त इशरको अध्यक्षतामा आजको प्रदेश सभा सञ्चालन गरिएको थियो ।

सात दलका प्रदेश सभा सदस्यहरुको उपस्थितिमा सञ्चालन गरिएको सो प्रदेश सभा बैठकमा पूर्व सभामुख, पूर्व मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले नैतिकताको आधारमा सभामुखले राजिनामा दिनुपर्ने बताएका थिए ।

उनले सभामुख विरुद्ध अविश्वास रहेको भन्दै सात दलका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराए पछि उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताए । नेता यादवले सभामुखले राजिनामा नदिए रामानन्द चोकमा प्रदेश सभा सञ्चालन गरेर नयाँ सभामुख बनाएर यहाँ पदभार ग्रहण गराउने चेतावनी समेत दिए ।

सात दलका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउन जाँदा सभामुखको इसारमा प्रदेश सभा सदस्यहरु संग दुव्र्यवहार गरिएको थियो । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सभामुखको आचरण विपरित गएर कुनै पार्टी विशेषको इसारामा सभा सञ्चालन गरेको समेत उनीहरुले आरोप लगाएका थिए । सभामुख निश्पक्ष हुनुपर्छ भन्दै उनीहरुले सभामुख मण्डल पार्टीको कार्यकर्ता भएर मधेश प्रदेश सभा सञ्चालन गर्न लागेको भन्दै उनीहरुले अविश्वासको प्रस्ताव ल्याएका थिए ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, माओवादी लगायत दलका प्रदेश सभा सदस्यहरुले सभामुख मण्डल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गराई सकेपछि प्रदेश सभा सचिवालयवाट विभिन्न पार्टीका पाँच जना प्रदेश सभासदस्यहरु बैठकमा उपस्थिति नजाउने गरेको भन्दै प्रदेश सभा सदस्यवाट हटाइएको थियो जव की जितेन्द्र सोनलले विश्वासको मत लिन लागेको बैठकमा ती पाँचै जना प्रदेश सभा सदस्य उपस्थित रहेका थिए ।

सभामुख नेकपा एमालेको कार्यकर्ता बनेको भन्दै उनीहरुले प्रदेश सभा खाली गर्न अल्टिमेटम दिँदै गुण्डागर्दी शैली प्रयोग गरिए हामी थप शसक्त आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका थिए ।

सभामुख मण्डलले प्रदेश सभामा कार्यकर्ता भरेर राखेका कारण मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षा जोखिम बढेको भन्दै प्रदेशसभा परिसरभित्र रहेको सरकारी आवास समेत छाडेकी छन् ।

सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता भएपछि प्रदेशसभामा निरन्तर बढिरहेको राजनीतिक तनाव, आरोप–प्रत्यारोप र असहज वातावरणका कारण आफूले यस्तो निर्णय लिनुपरेको उपसभामुख राउतले बताइन् ।

सात दलका प्रदेश सभा सदस्यहरु प्रदेश सभा पुगेपछि उप–सभामुख राउत पनि आज प्रदेश सभा पुगेकी थिइन् । उनी भन्छिन्, “प्रदेशसभामा राजनीतिक तनाव अत्यधिक बढेको छ। कार्यकक्षमै सांसदहरू थुनिने, विवाद चर्किने र हातपातसम्मका घटना देखिन थालेपछि म पनि असुरक्षित महसुस गरें। सुरक्षा निकायले दिएको सुझावअनुसार मैले सरकारी आवास छाडेकी हुँ।”
उपसभामुख राउत अहिले जनकपुरधामस्थित निजी निवासमा अस्थायी बसोबास गर्दैछिन्। तर, उनले आफ्नो नियमित दायित्व र प्रदेशसभाका काम–काजमा भने कुनै असर नपर्ने स्पष्ट पारिन्।

सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभामा सत्ता–प्रतिपक्षबीचको तनाब झन् चर्किएको छ। राजनीतिक ध्रुवीकरणका बीच सुरक्षा चुनौती बढ्दै गएपछि उपसभामुखबाट यस्तो कदम चालिएको हो।

प्रकाशित मिति: २०८२ कार्तिक ३०, शनिवार १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको