विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिने विश्वप्रकाशको चेतावनी



काठमाडौं, कात्तिक ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको मागलाई कुनै हालतमा बेवास्ता गर्न नहुने स्पष्ट चेतावनी दिएका छन्।

आइतबार दिउँसो सिंगापुरबाट फर्केका सभापति देउवालाई भेट्न हात्तिस्थित निवास पुगेका शर्माले करिब डेढ घण्टा छलफल गर्दै, विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको लिखित माग ‘बाध्यकारी’ हुने भन्दै त्यसविपरीत निर्णय भए आफू महामन्त्री पदबाट राजीनामा दिने बताएका हुन्।

शर्माले देउवालाई भनिएको धारणा पार्टीका सीमित नेतासँग पनि बाँडेका छन्। उनका अनुसार कांग्रेसले संसद् विघटनबारे संविधानसम्मत नचलिएको भन्दै आलोचना गर्ने भएजस्तै, पार्टीले पनि आफ्नै विधानअनुसार चल्नुपर्ने उनले दोहो¥याए।

“विशेष महाधिवेशन विधानसम्मत् माग हो। त्यसलाई सम्बोधन नै नगरी अर्को निर्णय गरियो भने, निर्णय भएको दिनदेखि नै म महामन्त्रीबाट बाहिरिन्छु,” शर्मा उद्धृत गर्दै एक नेताले बताए।

कांग्रेस विधानको धारा १७९२० अनुसार केन्द्रीय समितिले आवश्यकता देखेमा वा ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्छ। यही प्रावधानअनुसार २८ असोजमा ५४ प्रतिशत प्रतिनिधिले लिखित माग कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन्। तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेकाले पुस २८ नै अन्तिम मिति हुन्छ।

 

प्रकाशित मिति: २०८२ मंसिर १, आइतवार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको