जनकपुरधाम, मंसिर १ । मधेश प्रदेशको मुख्यमन्त्रीमा गरिएको असंवैधानिक नियुक्ती खारेजको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज न्यायाधिश हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलाशमा सुनुवाई हुने भएको छ ।
तत्कालिन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मतको प्रक्रियामा सहभागी हुनु अगावै राजिनामा गरेको हुँदा संविधानको सात १६८ को दुई बमोजिम पुनः सरकार गठनको प्रक्रिया शुरु हुनु पर्नेमा तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले ठृलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात दलका ७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका हुन ।
रिटमा हिजो आइतवार नै सुनुवाईको मिति तोकिएपनि प्रतिपक्षी तर्फ दुई जनाको म्याद तामेली बाँकी रहेकाले आजको लागि सुनुवाई सारिएको थियो ।
फुयाल र श्रेष्ठको संयुक्त इजलाशमा आठौ नम्बरमा रिटको सुनुवाई परेको छ ।




