जेनजी आन्दोलनका घुसपैठीयालाई कारबाही नभए सबैको मनोबल कमजोर हुन्छ: अध्यक्ष ढकाल



काठमाडौँ,मंसिर १ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका घुसपैठिया माथि कारवाही नभए सबैको मनोबल कमजोरहुने बताएका छन । उनले गलत समूहको घुसपैठ भएकाले आगजनी र तोडफोडमा संलग्नलाई कडा कारबाही गर्न सरकारले ढिलाइ गर्नु हुँदैन भनेर चेतावनी समेत दिएका छन्।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, “जेनजी आन्दोलनको उद्देश्य पवित्र थियो, सुशासन र पारदर्शिताको मागलाई हामीले समर्थन गरेका थियौँ। तर आन्दोलनमा अवसरवादी तत्व प्रवेश गरेर चोरी, आगजनी, लुटपाट र व्यापक तोडफोड गरेको छ। यी घुसपैठकर्तालाई कारबाही नगरे व्यवसायी मात्र नभई आम नागरिकको मनोबल झन् खस्किन्छ। सुरक्षा नहुदाँ भविष्यमा यस्तै घटना दोहोरिन सक्छ।”

ढकालले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्न नसक्दा नयाँ लगानी रोकिने र वर्तमान लगानीकर्ता निरुत्साहित हुने चेतावनी पनि दिए। उनले बैंकमा ११ खर्बभन्दा बढी लगानीयोग्य पैसा थन्किएको उल्लेख गर्दै सरकारले लगानी वातावरण सुधार्न पहल गर्नुपर्ने बताए।

अध्यक्ष ढकालले अर्थमन्त्रालयद्वारा छोटो समयमा व्यवसायीलाई उपलब्ध गराइएका राहत उपायहरूको प्रशंसा गरे। साथै भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रसम्मका सेवामा डिजिटल र फेसलेस प्रणाली लागू गरिएकोमा सन्तोष व्यक्त गरे।

उनले जलविद्युत् आयोजना र आईपीओ निष्कासनसम्बन्धी ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै धितोपत्र बोर्डलाई तत्काल सुधार गर्न अर्थमन्त्रीसँग आग्रह गरे।

ढकालको भनाइ अनुसार, जेनजी आन्दोलनको मूल उद्देश्य राम्रो भए तापनि घुसपैठकर्ताका कारण आएको तोडफोडले व्यवसायी र नागरिक दुवैको मनोबलमा नकारात्मक प्रभाव परेको छ। उनी सबै पक्षसँग सुशासन र लगानी वातावरण सुधारको लागि सहकार्य गर्न आह्वान पनि गरे।

प्रकाशित मिति: २०८२ मंसिर २, सोमवार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको