जनकपुरधाम, मंसिर १ । मधेश प्रदेशका सांसदहरुको सडक धर्ना आठौदिन पनि जारी रहेको छ । सरकारको मुख्यालय मधेश भवन अगाडि सात दलले सञ्चालन गर्दै आएको विरोध प्रदर्शन लाई आज पनि निरन्तरता दिएका छन ।
सोमबार बिहानदेखि आन्दोलनकारीहरूले मधेश भवनको गेट अगाडि धर्ना जारी राख्दै प्रदेश सरकारको असंवैधानिक नियुक्ती र सभामुखको निर्णय नसच्चिए सम्म आन्दोलन जारी रहने जनाएका छन ।
असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको, सांसदहरूमाथि हातपात गरिएको, अविश्वास प्रस्ताव दर्ता भइसकेका अवस्थामा उपसभामुख रामचन्द्र मण्डलले सांसद पदमुक्त गरेको निर्णयलगायतका घटनाले प्रदेशको राजनीति थप तनावपूर्ण बन्दै गएको छ।
आन्दोलनरत सात दलले आन्दोलनको शैलीलाई बदलदै राष्ट्रिय झण्डा सहित धर्नामा बसेका छन ।
राजनीतिक विवाद सडकदेखि न्यायालयसम्म पुगेपछि मधेश प्रदेशमा शक्ति–सन्तुलनको संघर्ष झनै कठोर बन्दै गएको छ।




