मुख्यमन्त्री नियुक्ती सम्बन्धि रिटलाई अग्राधिकार , भोली सुनुवाई हुने



जनकपुरधाम, मंसिर १ । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ती सम्बन्धि रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ ।
न्यायाधिश हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलाशले उक्त रिटलाई अग्राधिकार प्रदान गरि भोली सुनुवाई गर्ने आदेश जारी गरेको हो ।

तत्कालिन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मतको प्रक्रियामा सहभागी हुनु अगावै राजिनामा गरेको हुँदा संविधानको धारा १६८ को दुई बमोजिम पुनः सरकार गठनको प्रक्रिया शुरु हुनु पर्नेमा तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले ठृलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात दलका ७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका हुन ।

प्रकाशित मिति: २०८२ मंसिर २, सोमवार १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको