विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट जोगाउछ : शेखर कोइराला



काठमाडौं, मंसिर २ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा गए पार्टीलाई फुटबाट जोगाउन सकिने बताएका छन्। उनका अनुसार सर्वसम्मत निर्णय पार्टीलाई एकताबद्ध गर्ने प्रमुख उपाय हो।

मंगलबार काठमाडौंको विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा भेट गर्न आएका युवा नेताहरूसँग कुरा गर्दै कोइरालाले संस्थापनइतर पक्षको धारणा स्पष्ट पारे।

भेटमा सहभागी नेता भुवन भट्टका अनुसार, डा. कोइरालाले भने, “मंसिरमा सम्भव नभए पुसको अन्त्यसम्ममा नियमित अधिवेशनमा जानुपर्छ। तर, त्यो पनि हुन नसके के गर्नेरु केन्द्रीय समितिको सबै बडी मिलेर निर्णय गर्नुपर्छ—बहुमत होइन, सर्वसम्मत निर्णय। त्यसरी विशेष महाधिवेशनमा गइयो भने पार्टी एकताबद्ध हुन्छ र फुटको जोखिम पनि हट्छ।”

उनका अनुसार कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि सर्वसम्मत निर्णयमै पार्टीको भविष्य सुरक्षित हुने कोइरालाको रणनीति रहेको छ।

प्रकाशित मिति: २०८२ मंसिर ३, मंगलवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको