उपसभामुखले बोलाइन् मधेश प्रदेश सभा बैठक, सभामुख विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने



जनकपुरधाम, मंसिर ३ । सभामुख विरुद्धको अविश्वासको प्रस्ताव मािथ छलफल गर्न उपसभामुख बबिता इसरले आज दिउसो प्रदेशसभाको बैठक बोलाइकी छिन । सातदलका सांसदहरुले सभामुखविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन उपसभामुख ईशरलाई प्रदेश सभा बैठक बोलाउन माग गरेका थिए।

त्यसपछि आज दिउँसो १ बजे उपसभामुख ईशरले मधेश प्रदेश सभाको बैठक आह्वान गरेकी छन्। बैठकसम्बन्धी सूचना सभासद्हरूलाई पठाइसकिएको छ, जसमा सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको भनेको प्रस्तावमाथि छलफल हुने उल्लेख छ।

३२ जना प्रदेशसभा सदस्यले मंगलबार उपसभामुख समक्ष बैठक बोलाउन लिखित माग गरेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहको नेतृत्वमा हस्ताक्षर सहित बैठक बोलाउन पत्र बुझाइएको थियो ।

यसअघि, सात दलका भौतिक उपस्थिति र कानूनी बाध्यताका आधारमा उपसभामुखले आज १० बजे कार्य व्यवस्था परामर्श समिति र १ बजे प्रदेश सभा बैठक आह्वान गर्न निर्देशन दिएकी थिइन्।

सभामुख रामचन्द्र मण्डलले उपसभामुखको कदम प्रक्रियाविपरीत रहेको दाबी गरेका छन्।
उनको भनाइ— “प्रदेश सभा बैठक आह्वान गर्ने अधिकार सचिवमा छ, उपसभामुखले विधि मिचेर बैठक बोलाएकी छन्।”

उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको आज सात दिन पुगेको छ।

प्रदेशसभामा दिउसो १ बजे बोलाइएको बैठकमाथि सबैको ध्यान केन्द्रित भएको छ ।
आज बस्ने बैठकले, सभामुखविरुद्धको अविश्वास प्रस्ताव, प्रदेश सभाको नेतृत्व, आगामी सरकार गठन प्रक्रियामा गम्भीर प्रभाव पार्ने भएकाले मधेशको राजनीति कुन मोडमा जाने हो भन्ने चासो तीव्र बनेको छ।

प्रकाशित मिति: २०८२ मंसिर ४, बुधवार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको